कूटनीति
प्रधानमन्त्री प्रचण्डभन्दा पहिले उपराष्ट्रपति यादव चीन भ्रमणमा जाने
बुधबार, २४ साउन २०८०, २१ : ००
काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादव चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी चलिरहेका बेला उपराष्ट्रपति यादव चीन भ्रमणमा जाने भएका हुन् । यद्यपि, उपराष्ट्रपति यादव चीन भ्रमणमा कहिले जाने भन्ने आधिकारिक मिति भने तय भैसकेको छैन ।
उपराष्ट्रपति कार्यालय स्रोतले भ्रमणको मिति तय भैनसकेको बताएको छ । तर उनी प्रधानमन्त्री प्रचण्डको भ्रमणभन्दा पहिले जाने गरी तयार सुरु भएको छ ।
यादव ‘चाइना–साउथ एसिया एक्सपो’ को अतिथि भएर चीन भ्रमणमा जाने भएका हुन् । उपराष्ट्रपति कार्यालय स्रोतकाअनुसार साउन २९ गते उनी चीन भ्रमणमा जाने लगभग तय भएको छ । तर मन्त्रिपरिषद्बाट त्यसको आधिकारिक निर्णय आउन बाँकी छ । अगस्त १६ देखि सो एक्स्पो सुरु हुने बताइएको छ ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले यादवलाई चीन भ्रमण गराउने निमन्त्रणा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण