शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बैंकिङ तरलता

७ खर्बभन्दा बढी कर्जा लगानी गर्ने क्षमतामा छन् बैंकहरु

बुधबार, २४ साउन २०८०, ११ : १७
बुधबार, २४ साउन २०८०

काठमाडौँ । बजारमा लगानीको वातावरण नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार सवा ७ खर्ब रुपैयाँ बराबरको तरलता बैंकहरुमा थुप्रिएको हो । 

साउन २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५६ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन हुँदैगर्दा यता कर्जा लगानीतर्फ जम्मा ४८ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको मात्र लगानी भएको छ । 

वाणिज्य बैंकहरुले ४२ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने अन्य वित्तीय कम्पनीहरुले ५ खर्ब ६० अर्ब रुपैयाँ लगानी गरेका छन् । 

समग्र बैंक तथा वित्तीय संस्थाहरुले गरेको निक्षेप संकल र कर्जा लगानीलाई हेर्दा समीक्षा अवधिमा औषत ८३.२८ प्रतिशत कायम भएको छ ।

यो भनेको बैंक तथा वित्तीय संस्थाहरुले एक सय रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा सोबाट ८३.२८ रुपैयाँ बराबरको लगानी गरेका छन् । बाँकी १६ रुपैयाँ ७२ पैसा बैंकहरुको सेफमै रहेको तथ्याङ्कले देखाउँछ । 

तथापि, केन्द्रीय बैंकको व्यवस्था निक्षेपको ४ प्रतिशत रकम अनिवार्य तरलता अनुपात (सीआरआर) मा राख्नुपर्ने हुँदा बैंकसँग ७ खर्ब १५ अर्ब बढी लगानीयोग्य रकम रहेको देखिन्छ ।

यसमा बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न सरकारी बन्ड तथा ट्रेजरी खरिदमा गरेको लगानी समेत जोडिन्छ ।  केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले ९० प्रतिशत सीडी (कर्जा÷निक्षेप) अनुपात कायम गर्नुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप