प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक सुरु
बुधबार, २४ साउन २०८०, १२ : ५८
काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन पूर्व तयारीका लागि बस्ने गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरमा सभामुख, विभिन्न दलका प्रमुख सचेतक, तथा सचेतकहरु सहितको बैठक सुरु भएको हो ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरिले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएपनि ढिलोगरी सुरु भएको हो ।
सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ । हिजोको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफ चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेपछि सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण