बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

बुधबार, २४ साउन २०८०, १३ : ०१
बुधबार, २४ साउन २०८०

बाँके । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । दैलेख दुल्लु नगरपालिका-६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप