पार्टी प्रवक्ता भएपछि सापकोटाको पहिलो पत्रकार सम्मेलन : समृद्धिका चार आधार सार्वजनिक
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले समृद्धिका चार आधार बनाएर जनतामा जाने बताएका छन् । प्रवक्तामा नियुक्त भएपछि पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट गर्दै उनले समृद्धिको चार आधारबाट माओवादी केन्द्र अगाडि बढ्ने स्पष्ट पारेका हुन् ।
समृद्धिका चार आधार कृषि क्षेत्रको आधुनिकीकरण, उद्योग धन्दा र औद्योगीकरण, राष्ट्रिय सुरक्षा र विज्ञान र प्रविधिमा विशेष जोड दिएका छन् ।
‘नेपाल अहिले जटिल भूराजनीतिमा रहेको छ । हामीमा चुनौती र अवसर दुवै छ । यसका लागि हामीले समृद्धिका चार आधार तय गरेका छौँ’, उनले भने, ‘त्यसका लागि पहिलो आधार कृषिमा आधुनिकीकरण आवश्यक छ । दोस्रो उद्योगधन्दा र औद्योगीकरणमा जोड दिनुपर्छ । तेस्रो राष्ट्रिय सुरक्षा रहेको छ । चौथोमा विज्ञान र प्रविधिको सदुपयोग रहेका छन् । यी चार आधारलाई अधिकतम प्रयोग गरी अब माओवादी समृद्धिका लागि अगाडि बढ्छ ।’
उनले नेपालको भूराजनीति जटिल अवस्थामा रहेकाले कूटनैतिक तवरबाट शक्ति राष्ट्रहरूसँग सम्बन्ध विस्तार गर्नुपर्ने बताए । अहिलेको मिडिया, इन्टरनेटको जवानामा विज्ञान र प्रविधिलाई अधिकतम प्रयोग गरी जनतामा जाने माओवादीको नीति रहेको उनले जानकारी दिए । त्यसका लागि मिडियाको सहयोग र सहकार्यमा आइटी फोरम बनाएर जाने उनले बताए ।
केन्द्रीय समिति बैठकमा अध्यक्षको राजनीति र साङ्गठनिक प्रतिवेदन सार्वजनिक नहुनुमा प्राविधिक कारण रहेको उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण