राहुल गान्धीले सदनमा ‘फ्लाइङ किस’ दिएको भन्दै भड्किइन् स्मृति इरानी
भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीले बुधबार कांग्रेस नेता सांसद राहुल गान्धीमाथि गम्भीर आरोप लगाएकी छिन् । स्मृतिले आफ्नो भाषण सकेर लोकसभाबाट बाहिर जाँदै गर्दा राहुलले महिला सांसदतर्फ फ्लाइङ किसले इसारा गरेको बताएकी छिन् । भाजपाका थुप्रै महिला सांसदले राहुल गान्धीविरुद्ध लोकसभा अध्यक्षलाई लिखित उजुरी दिएका छन् ।
स्मृति इरानीले सदनमा पनि राहुल गान्धीको कथित अभद्रताबारे टिप्पणी गर्दै भनिन्, ‘मलाई एउटा कुरामा आपत्ति छ । जसलाई (राहुल गान्धी) मलाई भन्दा अघि बोल्ने मौका दिइयो, उनले जानुभन्दा अघि अभद्रता देखाएका छन् । महिलाप्रति यस्तो खालको द्वेषपूर्ण आचरण देशको सदनमा पहिले कहिले देखिएन । यो कुन खानदानको लक्षण हो, यो पूरा देशले हेरिरहेको छ । यसबाट थाहा हुन्छ कि उनी महिलाबारे के सोच्छन् । यो अश्लील हो ।’
यसअघि अविश्वास प्रस्तावमा चर्चाका बेला राहुल गान्धीले सरकारमाथि तिखो हमला गरेका छन् । राहुल गान्धीले केन्द्र सरकारमाथि आरोप लगाउँदै मणिपुरमा भारत माताको हत्या गरिएको र यस्ता गर्नेहरू देशद्रोही भएको बताए । उनले सरकारले मणिपुरलाई विभाजन गरेको पनि आरोप लगाए । राहुल गान्धीको टिप्पणीमाथि जवाफ दिँदै केन्द्रीय मन्त्री स्मृति इरानीले सन् १९८४ को शिख दंगा र कश्मीरमा अशान्ति एवं कस्मिरी पण्डितमाथि अत्याचारको मुद्दा उठाउँदै कांग्रेसको इतिहास रगतले लत्पतिएकाे र विपक्षलाई महिला सुरक्षा, गरिब कल्याण, युवाको हित एवं देशको विकाससँग कुनै सरोकार नभएको आरोप लगाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण