राहुल गान्धीले सदनमा ‘फ्लाइङ किस’ दिएको भन्दै भड्किइन् स्मृति इरानी

भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीले बुधबार कांग्रेस नेता सांसद राहुल गान्धीमाथि गम्भीर आरोप लगाएकी छिन् । स्मृतिले आफ्नो भाषण सकेर लोकसभाबाट बाहिर जाँदै गर्दा राहुलले महिला सांसदतर्फ फ्लाइङ किसले इसारा गरेको बताएकी छिन् । भाजपाका थुप्रै महिला सांसदले राहुल गान्धीविरुद्ध लोकसभा अध्यक्षलाई लिखित उजुरी दिएका छन् ।
स्मृति इरानीले सदनमा पनि राहुल गान्धीको कथित अभद्रताबारे टिप्पणी गर्दै भनिन्, ‘मलाई एउटा कुरामा आपत्ति छ । जसलाई (राहुल गान्धी) मलाई भन्दा अघि बोल्ने मौका दिइयो, उनले जानुभन्दा अघि अभद्रता देखाएका छन् । महिलाप्रति यस्तो खालको द्वेषपूर्ण आचरण देशको सदनमा पहिले कहिले देखिएन । यो कुन खानदानको लक्षण हो, यो पूरा देशले हेरिरहेको छ । यसबाट थाहा हुन्छ कि उनी महिलाबारे के सोच्छन् । यो अश्लील हो ।’
यसअघि अविश्वास प्रस्तावमा चर्चाका बेला राहुल गान्धीले सरकारमाथि तिखो हमला गरेका छन् । राहुल गान्धीले केन्द्र सरकारमाथि आरोप लगाउँदै मणिपुरमा भारत माताको हत्या गरिएको र यस्ता गर्नेहरू देशद्रोही भएको बताए । उनले सरकारले मणिपुरलाई विभाजन गरेको पनि आरोप लगाए । राहुल गान्धीको टिप्पणीमाथि जवाफ दिँदै केन्द्रीय मन्त्री स्मृति इरानीले सन् १९८४ को शिख दंगा र कश्मीरमा अशान्ति एवं कस्मिरी पण्डितमाथि अत्याचारको मुद्दा उठाउँदै कांग्रेसको इतिहास रगतले लत्पतिएकाे र विपक्षलाई महिला सुरक्षा, गरिब कल्याण, युवाको हित एवं देशको विकाससँग कुनै सरोकार नभएको आरोप लगाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै
-
देउवासँग सहमहामन्त्री परियारले दलित संघका अध्यक्षबारे गुनासो गरेपछि...
-
व्यापारिक लेनदेनमा पुर्जी जारी भएका प्रदेश सांसद प्रधानमन्त्रीसँगै, हल्ला फैलिएपछि फुत्किए
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
-
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
-
प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट