नेविसंघको असन्तुष्ट समूहले आज देउवा निवास घेर्ने
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् ।
नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरूलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन् ।
नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले हिजो भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटी बनाउनुपर्ने हुन्छ, बिहीबार शेरबहादुर दाइको घर घेर्न जान्छौँ ।’ उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट विद्यार्थी नेताहरूले आज घर घेराऊ गरी नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुर्नविचार गर्न दबाब दिइनेछ ।
असन्तुष्ट समूहको नेतृत्वको गर्ने विद्यार्थी नेता प्राध्यापक प्रेम चलाउनेमाथि हातपात गर्ने नेता हुन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् । उनले गरेको सो मनोनयनमा स्वयं रावल पनि अटाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण