दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय, परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारको उपाय सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, दिगो विकास तथा सुशासन समितिमा समितिको आ.व. २०८०/०८१ को कार्य योजनाको सम्बन्धमा, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदन सम्बन्धमा र सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट पेस भएको कार्यान्वयन कार्य योजनाको सम्बन्धमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण