बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा १८ वर्षीया किशोरी बलात्कृत

बिहीबार, २५ साउन २०८०, १२ : १७
बिहीबार, २५ साउन २०८०

बाँके । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप