ग्लोबल आईएमई बैंकको भुक्तानी भ्वाइस मेसेजबाट पुष्टि गर्ने सुविधा
बिहीबार, २५ साउन २०८०, १२ : २३

काठमाडौँ । ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो ।
यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ । यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने विश्वास छ ।
यसबाट मर्चेन्टरव्यापारी तथा ग्राहकहरूलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने तथा व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरता समेत घटाउने बैंकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?
-
राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना हुने
-
विद्यालय शिक्षा विधेयक अन्योल : किन भइरहेको छ ढिलाइ ?