लुम्बिनी विकास कोषमा ल्हारक्याल लामाले थाले काम
बुटवल । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले बिहीबार पदभार ग्रहण गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभार ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।
उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गरेका थिए ।
उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमी दक्षिणस्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गरेका छन् । पदभार ग्रहण अघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उच्चो राख्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताए ।
उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्त्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरू प्रयोग गर्ने बताए । उनले लुम्बिनीलाई पवित्र स्थलका रूपमा परिचित बनाउने गरी काम गर्नका लागि पदाधिकारी, कर्मचारी, स्थानीयहरूसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बौद्ध दर्शनमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रूपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठुलो रहेको र सीमित साधन श्रोतबाट काम भइरहेकाले अब बाँकी कामहरू नवनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास लिए ।
उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा.लामालाई उपाध्यक्षका रूपमा नियुक्त गरेको थियो । उनको नियुक्तिलाई लिएर आलोचना समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण