शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अख्तियार प्रमुख राई र अमेरिकाको एन्टीकरप्सन संयोजक रिचार्डबिच भेटवार्ता

बिहीबार, २५ साउन २०८०, २० : ३६
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र युएस डिपार्टमेन्ट अफ स्टेट अन ग्लोबल एन्टी कसप्सन संयोजक रिचार्ड नफ्यु बिच भेटवार्ता भएको छ । बिहीबार टंगाल स्थित आयोगको कार्यालय भेटवार्ता भएको अख्तियार प्रवक्ता (सहसचिव) भोला दाहालले रातोपाटीलाई बताए ।

भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन अभियानमा अमेरिका र नेपालबिच हुनसक्ने सहकार्यको बारेमा छलफल भएको छ । भ्रष्टाचार सम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको सह–सचिव दाहालले जानकारी दिए । 

अख्तियार प्रमुख राईले आयोगको बारेमा जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप