अख्तियार प्रमुख राई र अमेरिकाको एन्टीकरप्सन संयोजक रिचार्डबिच भेटवार्ता
बिहीबार, २५ साउन २०८०, २० : ३६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र युएस डिपार्टमेन्ट अफ स्टेट अन ग्लोबल एन्टी कसप्सन संयोजक रिचार्ड नफ्यु बिच भेटवार्ता भएको छ । बिहीबार टंगाल स्थित आयोगको कार्यालय भेटवार्ता भएको अख्तियार प्रवक्ता (सहसचिव) भोला दाहालले रातोपाटीलाई बताए ।
भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन अभियानमा अमेरिका र नेपालबिच हुनसक्ने सहकार्यको बारेमा छलफल भएको छ । भ्रष्टाचार सम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको सह–सचिव दाहालले जानकारी दिए ।
अख्तियार प्रमुख राईले आयोगको बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण