पहिचान पक्षधरको जायज माग पूरा गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी नामको विरुद्धमा आन्दोलनरत पक्षको जायज माग पा गर्ने प्रतिबद्धता जनाएका छन् । विराटनगर स्थित मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रदेशको नामकरण प्रदेशवासीकै लागि हो । प्रदेशको नाममा प्रदेशवासीको अपनत्व र स्वामित्व रहनुपर्छ भन्ने कुरामा कुनै दुईमत हुन सक्दैन । नामकरणप्रति उत्पन्न प्रतिक्रिया, असन्तुष्टि र विरोधलाई वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य हो,’ उनले भने, ‘प्रदेश सरकार यस विषयमा दृढ र प्रस्ट रहेको छ । प्रदेशसभामा रहेका प्रमुख प्रतिपक्षी दल लगायत सबै राजनीतिक दलहरूबीच आपसी सहमति कायम गर्दै प्रदेशको नाममा उठेका सबै प्रश्नहरू लगायतका समस्या समाधान गर्ने सरकारको तर्फबाट प्रतिबद्धता जाहेर गर्दछौँ ।’
उनले आन्दोलनकारी पक्षले उठाएका जायज माग र मुद्दाहरूलाई सम्बोधन गर्न प्रदेश सरकार तत्पर रहेको बताए । उनले भने, ‘आन्दोलनकारी पक्षले उठाएका जायज माग र मुद्दाहरूलाई सम्बोधन गर्न प्रदेश सरकार तत्पर रहेको जानकारी गराउँदै यस कार्यमा आवश्यक सहयोगका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दलहरू, सङ्घर्षरत पक्षहरू र आम प्रदेशवासीमा हार्दिक अनुरोध गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण