उडान बन्दको समाचारप्रति सिम्रिक एयरको आपत्ति, ‘हिसाब मिलानकै अवस्थामा छौँ’
काठमाडौँ । सिम्रिक एयरले आफ्ना सम्पूर्ण उडानमा प्रतिबन्ध लगाइएको भन्दै फैलिएको समाचारमा आपत्ति जनाएको छ । उडान शुल्क बापत कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४६ लाख ४३ हजार रुपैयाँ बक्यौता भुक्तान नगरिएपछि कम्पनीको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाइएको समाचार आम सञ्चार माध्यमहरुले लेखेका थिए ।
तर, शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले प्राधिकरणलाई कुनै बक्यौता रकम तिर्न बाँकी नरहेको दाबी गर्दै समाचारप्रति खण्डन गरेको छ ।
हवाई सेवा सञ्चालनबापत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नियमित भुक्तान गरिएको बताउँदै कम्पनीले कहीँ विमानस्थल बापतको शुल्क अडिट (लेखा परीक्षण) हुनै बाँकी रहेकाले के कति छ सो विवरण आउनै बाँकी रहेको समेत विज्ञप्तिमार्फत कम्पनीले स्पष्ट पारेको छ । हिसाबकिताब आएपछि प्राधिकरणलाई भुक्तान गर्न बाँकी भए सो भुक्तान गरिने समेत कम्पनीले बताएको छ ।
तर, साउन २१ गते ७ दिनको समय सीमा दिएर हिसाबकिताब राफसाफ गर्न प्राधिकरणबाट पत्र पठाए पनि तोकिएको समय सीमा अगावै गलत मनसायले कम्पनीको बदनाम गर्ने गरी गरिएको मिडियाबाजीप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको कम्पनीले विज्ञप्ति मार्फत बताएको छ ।
‘सिम्रिक एयर लिमिटेडको नाममा प्राधिकरणले मिति २०८०÷४।२१ गते चलानी नम्बर १७ को पत्र अनुसार ७ दिन भित्र हिसाब मिलान गर्न आउन भनी पत्राचार गरी पत्रमा दिएको मिति अगावै वदनियतपूर्ण तरिकाले, पूर्वाग्रही ढगंले, प्रतिशोध साध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरी यस संस्थाको गरिमामा आँच पुर्याउने उद्देश्यले कपोकल्पित झुटा र भ्रामक समाचार सम्प्रेषण गरेकोमा यस प्रेस विज्ञप्ति बाट खण्डन गर्न चाहन्छौ’ कम्पनीले भनेको छ ।
यस तत्थ्यलाई थप प्रस्ट पार्दै, यस कम्पनीले सेवा उपभोग गरे बापतको रकम प्राधिकरणलाई क्रमशः रूपमा बुझाउँदै आएको र मिति २०५०÷४।२१ को पत्र प्राधिकरणको वार्षिक खाताबन्दिका क्रममा देखिन आएको छुटफुट रकम भएको जानकारी गराउँदछौ । सो छुटफुट रकमका सम्बन्धमा उक्त रकम यस कम्पनीको उडान विवरण र हिसाब सँग रुजु भई मेल खाएमा भुक्तानी गर्ने र नभएमा सच्याउनका निम्ति प्राधिकरणलाई अनुरोध गर्ने प्रक्रिया एवं व्यवहारमा रही आएको समेत कम्पनीले बताएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण