‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल’मा छनौट
काठमाडौँ । दयाहाङ राई अभिनीत फिल्म ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल–२०२३’मा छनोट भएको छ । नवीन सुब्बा निर्देशित फिल्म ‘सेन्टर पिस’ सेक्सन अन्तर्गत छानिएको हो ।
७ देखि १७ सेप्टेम्बरसम्म चल्ने फेस्टिभलमा निर्देशक सुब्बा आफै सहभागी हुँदै छन् । यसअघि उक्त फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘सेतो सूर्य’ छनोट भएको थियो ।
विश्वको प्रतिष्ठित महोत्सवमा नेपाली फिल्म छनोट हुनु नेपाली फिल्म क्षेत्रका लागि सकारात्मक भएको निर्माण युनिटले जनाएको छ । फिल्मले नेपाली फिल्मको विश्वमा दृश्यता बढाउने आशा निर्माण पक्षको छ ।
राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावमा आधारित छ ।
सामुदायिक लगानीको अवधारणामा बनेको फिल्ममा दयाहाङका अलवा पशुपति राई, प्रसन्न राई, केशव राई, प्रेम सुब्बा, राज थापा, सुमित्रा राई आदिको अभिनय छ । महेश राई र निर्देशक नवीन सुब्बाको लेखन रहेको फिल्ममा अमेरिकी नागरिक जोस हेरमको छायाङ्कन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको सङ्गीत छ ।
मिन्सो लिम्बु लाइन प्रोड्युसर रहेको फिल्मको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई रहेका छन् भने आमोद राई र नवीन सुब्बा निर्माता हुन् ।
छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण