कांग्रेस सांसद सुनील शर्मा पक्राउप्रति एमालेको आपत्ति (भिडियो)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखले दिएको समयमा बोल्दै एमाले सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद शर्मा पक्राउप्रति आपत्ति जनाउँदा एमाले सांसदहरु टेबल ठोकेर समर्थन गरे ।
नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका शर्माबारे सांसद साहले भनिन्– ‘आज नेपाली कांग्रेसका सांसद माननीय सुनील शर्माजीलाई जो सुन काण्डको भष्टाचारीको छानबिनका लागि उच्चस्तरीय आयोग हुनुपर्छ भनेर आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसावबाट समातिएको छ ? यो कानुनले पनि मिल्दैन। उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ, यसको घोर आपत्ति गर्दछु ।’
उनले सरकारले देशलाई दिगो शान्ति नभई ठूलो दुर्घटनामा लान लागेको बताइन् । तराईलाई सुख्खाग्रस्त क्षेत्र घोषणा नगरेका कारण जनताहरु मारमा परेको उनले बताइन् ।
सांसद साहले उच्चस्तरीय छानबिन समिति गठन गरेर तुरुन्त अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिन गर्न माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित नेपालका पाँच खेलाडी
-
गुल्जार छैन मुग्लिन बजार : निरास भेटिन्छन् व्यवसायीहरू
-
दूर्तमार्गको सुरु बिन्दु डुकुछापमा कायम गराउन माग गर्दै सुझाव प्रतिवेदन हस्तान्तरण
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
-
प्रधानमन्त्रीदेखि मन्त्रीहरूको विदेश भ्रमणमा लर्को
-
विशेषले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार