कांग्रेस सांसद सुनील शर्मा पक्राउप्रति एमालेको आपत्ति (भिडियो)
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखले दिएको समयमा बोल्दै एमाले सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद शर्मा पक्राउप्रति आपत्ति जनाउँदा एमाले सांसदहरु टेबल ठोकेर समर्थन गरे ।
नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका शर्माबारे सांसद साहले भनिन्– ‘आज नेपाली कांग्रेसका सांसद माननीय सुनील शर्माजीलाई जो सुन काण्डको भष्टाचारीको छानबिनका लागि उच्चस्तरीय आयोग हुनुपर्छ भनेर आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसावबाट समातिएको छ ? यो कानुनले पनि मिल्दैन। उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ, यसको घोर आपत्ति गर्दछु ।’
उनले सरकारले देशलाई दिगो शान्ति नभई ठूलो दुर्घटनामा लान लागेको बताइन् । तराईलाई सुख्खाग्रस्त क्षेत्र घोषणा नगरेका कारण जनताहरु मारमा परेको उनले बताइन् ।
सांसद साहले उच्चस्तरीय छानबिन समिति गठन गरेर तुरुन्त अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिन गर्न माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण