आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नर्सिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले दृढ संकल्प गरेको छ : प्रधानमन्त्री

शुक्रबार, २६ साउन २०८०, १५ : ३१
शुक्रबार, २६ साउन २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको नर्सिङ क्षेत्रमा देखिएको समस्या समाधान गर्न संकल्पसहित सरकार अगाडि बढेको बताएका छन् । 
शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । नर्सिङ क्षेत्रमा देखिएको  समस्या आफूले अग्निपरिक्षको रूपमा लिएको भन्दै उनले नीतिगत सुधार गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । 

‘नर्सिङ क्षेत्रमा जुन समस्या देखिएको छ, त्यसलाई अग्निपरिक्षाका रूपमा लिएको छु । नीतिगत सुधार गरी नर्सिङ सेवामा देखिएका समस्या समाधान गर्ने संकल्प गरेको छु’, उनले भने । 

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सिमावर्ती क्षेत्रका नर्सहरू अर्को देशमा गएर पढ्ने, तालिम लिने र उतै पलायन हुने समस्याले स्वास्थ्य मन्त्रालय, सरकारमाथि ठूलो प्रश्न उठेको बताए ।  

उनले संविधानमा व्यवस्था गरेको बमोजिम शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यसम्प्रभुतामा नागरिकलाई सुविधान दिन नसकेको स्वीकार गरे । अब सामाजिक न्याय, सुशासन, समृद्धिसहित सरकार नयाँ यात्रामा लागेको उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप