साउन र तिमी
वर्षौपछि,
मुश्किलसँगले आज
सिद्ध भयो
भित्रभित्रै गुटमुटिएको मेरो अभिलाषा
कि, देख्ने तिमीलाई दुरुस्तै
निहार्ने तिमीलाई फेरि उस्तै ।
उही लजालु हेराई,
मुहारमा त्यही मधुर मुस्कान
कयौँ दिनपछि, बल्ल आज
देखेँ तिमीलाई फेरि उस्तै
पाएँ तिमीलाई पहिले जस्तै, दुरुस्तै ।
हरियो चुराले तिमी,
सजिएकी थियौ
नीलो आकाशे वर्णको झुम्कासँगै
थियो अलिकति हरियो मेहन्दीको रङ
उसमाथि,
हरियै वस्त्र पहिरिएकी ।
तिमी यसरी टुप्लुक्क आइपुग्यौ
जसरी मैले कल्पना गरेकै थिइनँ
मरेको अतीत बिउँझाउने गरी आयौ
एकाग्र चेतना खलबल्याउने गरी आयौ
अवश्य पनि,
यो श्रावणको महिना हुनुपर्छ ।
त्यसैले त मेरो सामु तिमी
मेरै उपहार पहिरिएर आयौ
गहना र शृङ्गार त तिमीलाई
मनपर्ने वस्तु छँदै थिएनन्
सायद,
मेरै उपहार हुनुपर्छ यी पनि
र त, मलाई देखाउन आइपुग्यौ तिमी
चम्केर उज्यालो हीराजस्तै
टुप्लुक्क, आज मेरो सपनीमा दुरुस्तै ।
यति सुन्दर, यति निक्खर कहिले
अहिलेसम्म सजिएकी थिइनौ
सजियौ त तिमी केवल
मेरो निम्ति सजियौ
आइपुग्यौ त आज तिमी
पक्कै, मेरै निम्ति आइपुग्यौ
मिठो सम्झना बनी फेरि उस्तै
आज, मेरो सपनीमा दुरुस्तै ।।
मुसिकोट–१, रुकुम पश्चिम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण