तीज गीतमा अभिनेता हमालको मञ्जुसँग छमछमी

काठमाडौँ । गायिका भावना आचार्य र गायक डेभिड शङ्करको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक 'घर आँगनमा नाच फरर' बोलको गीतमा गायिका भावनाकै शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल र मञ्जु थापा फिचर्ड छन् । राजेश हमाल सङ काम गर्न पाउँदा नव मोडल मञ्जु थापा उत्साहित छिन् ।
भिडियोमा महानायक हमाल र मोडल मञ्जुको केमेस्ट्री सुहाएको छ। भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरू लोकप्रिय छन् । त्यस्तै गरी गायक डेभिडको पहिलो नम्बरमा,दर्शन सलाम जस्ता गीतहरू सफल छन्।
देवेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस पटकको तीजमा यो गीतले राम्रै प्रतिक्रिया पाउनेमा निर्माण टिम ढुक्क छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश