तीज गीतमा अभिनेता हमालको मञ्जुसँग छमछमी
काठमाडौँ । गायिका भावना आचार्य र गायक डेभिड शङ्करको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक 'घर आँगनमा नाच फरर' बोलको गीतमा गायिका भावनाकै शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल र मञ्जु थापा फिचर्ड छन् । राजेश हमाल सङ काम गर्न पाउँदा नव मोडल मञ्जु थापा उत्साहित छिन् ।
भिडियोमा महानायक हमाल र मोडल मञ्जुको केमेस्ट्री सुहाएको छ। भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरू लोकप्रिय छन् । त्यस्तै गरी गायक डेभिडको पहिलो नम्बरमा,दर्शन सलाम जस्ता गीतहरू सफल छन्।
देवेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस पटकको तीजमा यो गीतले राम्रै प्रतिक्रिया पाउनेमा निर्माण टिम ढुक्क छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण