बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको सेयर बजार : नेप्से सूचक २३ अङ्कले घटेर २०६६ को विन्दुमा झर्‍यो

मार्केट क्यापिटलाइजेशन ३० खर्ब ६१ अर्ब कायम
शनिबार, २७ साउन २०८०, १२ : ०८
शनिबार, २७ साउन २०८०

काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्से २३.७९ अङ्कले घटेर २ हजार ६६.०५ अङ्कको विन्दुमा झरेको छ । लगातार तीन दिन ६९ अङ्कले घटेको नेप्से सूचक अन्तिम दुई दिन ४६ अङ्कले बढेको छ । साताको पाँच दिन नै खुलेको बजारमा कूल १३ अर्ब ३० करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता ३९ अङ्कले घटेको बजारमा ९ अर्ब ४९ करोड ५२ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस साता सबैभन्दा बढी हाइड्रोपावर समूहको ३९ करोड ५५ लाख ८३ हजार १२६ रुपैयाँ बराबरको १३ लाख ८७ हजार ३९२ कित्ता सेयर किनबेच भएको छ । यस्तै, कमर्सियल बैंकहरुको ३३ करोड ३३ लाख ४ हजार १६६ रुपैयाँ बराबरको १० लाख ९० हजार ४०२ कित्ता सेयर किनबेच भएको छ भने, होटल तथा पर्यटन समूहको २८ करोड ८ लाख ५ हजार ९२८ रुपैयाँ बराबरको ५ लाख ११ हजार ५८४ कित्ता सेयर किनबेच भएको छ । 

सबैभन्दा कम यस साता कर्पोरेट डिभेन्चरको जम्मा ७ लाख ९३५ रुपैयाँ बराबरको ८१० इकाई मात्र किनबेच भएको छ । 

मार्केट क्यापिटलाइजेशन १० अर्ब ४५ करोडले घट्यो

नेप्से सूचक २३ अङ्कले घट्दै गर्दा यो साता यता मार्केट क्यापिटलाइजेशन (बजार पुँजीकरण) १० अर्ब ४५ करोड रुपैयाँले घट्न पुगेको छ ।  अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार मार्केट क्यापिटलाइजेशन ५३ अर्ब २९ करोडले घटेर ३० खर्ब ७१ अर्ब ६४ करोड २० लाख रुपैयाँ कायम भएको थियो । थप यो साता १० अर्ब ४५ करोड १० लाख रुपैयाँले घट्दै ३० खर्ब ६१ अर्ब १९ करोड १० लाख रुपैयाँमा झरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप