हेटौँडा काठमाडौँ जोड्ने ३ मार्गमा पहिरो, सडक अवरुद्ध

हेटौँडा । हेटौँडाबाट काठमाडौँ जोड्ने ३ मार्गमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक र कान्ति लोकपथ पहिरोका कारण बन्द भएको हो ।
त्रिभुवन राजपथको अन्तर्गत भीमफेदी गाउँपालिका–९ लामिडाँडामा ढुंगासहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाएको छ । सो स्थानमा सडकको माथिल्लो भागबाट ढुंगाहरु खसेर सडक अवरुद्ध भएको उनले बताए । उनकाअनुसार सडक डिभिजन कार्यालय हेटौंडासँगको समन्वयमा पहिरो पन्छाउने कार्य भए पनि पानी परिरहेकाले पहिरो हटाउन कठिन भएको उनले बताए ।
त्यस्तै पहिरोका कारण भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्ड बन्द भएको छ । वर्षाका कारण इन्द्र सरोवर गाउँपालिका–२ मा सडकको माथिल्लो भागबाट खसेको पहिरोका कारण सो सडक खण्ड बन्द भएको उनले बताए । सो स्थानमा अहिले पनि वर्षा भइरहेकाले पहिरो पन्छाउने कार्य गर्ने तयारी भइरहेको उनको भनाई छ ।
यता कान्ति लोकपथ अन्तर्गतको २ स्थानमा पहिरो खसेको छ । सो सडक खण्ड अन्तर्गत ललितपुरको भट्टेडाँडा नजिक पहिरो खसेको प्रहरी चौकी भट्टेडाँडाले जनाएको छ । सो सडक खण्ड अन्तर्गत पर्ने बागमती गाउँपालिका–३ टाकुर्चे र पाङ्दुर खोलामा पहिरो खसेको हो । सो स्थानमा अहिले पनि वर्षा भइरहेकाले पहिरो खस्न नरोकिएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन आवश्यक तयारी गरे पनि पानी परिरहेकाले पहिरो पन्छाउने कार्य सुरु गर्न नसकिएको प्रहरीको भनाइ छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर
-
‘आफ्नो भान्जा बैंकको सीईओ भएको बेलामा माधव नेपालले पतञ्जलि योगपीठ जग्गामा चलखेल गर्नुभयो’
-
सहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जतिको चलखेल छ : वर्षमान पुन
-
कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन, संयोजकमा हरिकृष्ण गजुरेल
-
मोहन वैद्य एक सातादेखि अस्पतालमा
-
चेकिङको क्रममा महिलामाथि हातपात, दुई प्रहरीमाथि छानबिन सुरु