हेटौँडा काठमाडौँ जोड्ने ३ मार्गमा पहिरो, सडक अवरुद्ध
हेटौँडा । हेटौँडाबाट काठमाडौँ जोड्ने ३ मार्गमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक र कान्ति लोकपथ पहिरोका कारण बन्द भएको हो ।
त्रिभुवन राजपथको अन्तर्गत भीमफेदी गाउँपालिका–९ लामिडाँडामा ढुंगासहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाएको छ । सो स्थानमा सडकको माथिल्लो भागबाट ढुंगाहरु खसेर सडक अवरुद्ध भएको उनले बताए । उनकाअनुसार सडक डिभिजन कार्यालय हेटौंडासँगको समन्वयमा पहिरो पन्छाउने कार्य भए पनि पानी परिरहेकाले पहिरो हटाउन कठिन भएको उनले बताए ।
त्यस्तै पहिरोका कारण भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्ड बन्द भएको छ । वर्षाका कारण इन्द्र सरोवर गाउँपालिका–२ मा सडकको माथिल्लो भागबाट खसेको पहिरोका कारण सो सडक खण्ड बन्द भएको उनले बताए । सो स्थानमा अहिले पनि वर्षा भइरहेकाले पहिरो पन्छाउने कार्य गर्ने तयारी भइरहेको उनको भनाई छ ।
यता कान्ति लोकपथ अन्तर्गतको २ स्थानमा पहिरो खसेको छ । सो सडक खण्ड अन्तर्गत ललितपुरको भट्टेडाँडा नजिक पहिरो खसेको प्रहरी चौकी भट्टेडाँडाले जनाएको छ । सो सडक खण्ड अन्तर्गत पर्ने बागमती गाउँपालिका–३ टाकुर्चे र पाङ्दुर खोलामा पहिरो खसेको हो । सो स्थानमा अहिले पनि वर्षा भइरहेकाले पहिरो खस्न नरोकिएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन आवश्यक तयारी गरे पनि पानी परिरहेकाले पहिरो पन्छाउने कार्य सुरु गर्न नसकिएको प्रहरीको भनाइ छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण