महरा प्रकरणमा डा लोहनीको प्रश्न : ‘क्रान्तिकारी’ भन्ने मान्छे कति कमजोर ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सुन प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।
विद्युतीय चुरोटभित्र ९ किलो सुन तस्करी भएको प्रकरणमा महरा र उनका छोरा राहुल मुछिएको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरोले दिएपनि सरकारले छानबिनको दायरामा ल्याउन आनाकानी गरेको लोहनीको आरोप छ ।
सरकारले उनीहरुसँग बयान लिन समेत नसक्नके हो भने प्रचण्ड नेतृत्वको सरकारले सुशासन दिन्छु भन्नु सरासर छुट हुने उनको टिप्पणी छ ।
सामाजिक सञ्जालमार्फत लोहनीले भनेका छन्, ‘चिनियाँ तस्करसँग माओवादीका ठालुहरुको सय पटक भन्दा बढी फोन कल हुने र सीआईबीले यो कुरा आफ्नो प्रतिवेदनमा राख्दा पनि सरकारले उनीहरुसँग बयान लिन समेत नसक्ने हो भने सम्माननीय प्रम प्रचण्डले सुशासन दिन्छु भन्नु सरासर झुट साबित हुँदैछ।’
उनले ‘त्यत्रो आफूलाई महान ‘क्रान्तिकारी’ भन्ने मान्छे कति कमजोर रहेछन्’ भन्दै कटाक्ष गरेका छन् । सुन प्रकरणमा महरालाई छानबिनको दायरामा ल्याउन चौतर्फी दबाब बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता