महरा प्रकरणमा डा लोहनीको प्रश्न : ‘क्रान्तिकारी’ भन्ने मान्छे कति कमजोर ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सुन प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।
विद्युतीय चुरोटभित्र ९ किलो सुन तस्करी भएको प्रकरणमा महरा र उनका छोरा राहुल मुछिएको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरोले दिएपनि सरकारले छानबिनको दायरामा ल्याउन आनाकानी गरेको लोहनीको आरोप छ ।
सरकारले उनीहरुसँग बयान लिन समेत नसक्नके हो भने प्रचण्ड नेतृत्वको सरकारले सुशासन दिन्छु भन्नु सरासर छुट हुने उनको टिप्पणी छ ।
सामाजिक सञ्जालमार्फत लोहनीले भनेका छन्, ‘चिनियाँ तस्करसँग माओवादीका ठालुहरुको सय पटक भन्दा बढी फोन कल हुने र सीआईबीले यो कुरा आफ्नो प्रतिवेदनमा राख्दा पनि सरकारले उनीहरुसँग बयान लिन समेत नसक्ने हो भने सम्माननीय प्रम प्रचण्डले सुशासन दिन्छु भन्नु सरासर झुट साबित हुँदैछ।’
उनले ‘त्यत्रो आफूलाई महान ‘क्रान्तिकारी’ भन्ने मान्छे कति कमजोर रहेछन्’ भन्दै कटाक्ष गरेका छन् । सुन प्रकरणमा महरालाई छानबिनको दायरामा ल्याउन चौतर्फी दबाब बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण