रुख ढलेर सुर्खेत–नेपालगन्ज सडक अवरुद्ध, मुख्यमन्त्री सडकमै रोकिए
आइतबार, २८ साउन २०८०, १२ : २१

सुर्खेत । रुख ढल्दा सुर्खेत– कोहलपुर, नेपालगन्ज जोड्ने रत्न राजमार्ग अवरुद्ध भएको छ । भेरीगंगाको हर्रे भन्दा केही तल रुख ढलेर सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण जमिन गल्न गई रुख ढलेका कारण बाटो अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
सडक अवरुद्ध भएसँगै सवारी साधनहरु प्रभावित छन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि बाटोमा रोकिएका छन् । ‘मुख्यमन्त्रीज्यू सडकको अवरोधमा पर्नुभएको छ,’ उनले भने,‘ रुख पन्छाउनका लागि प्रहरीको टोली त्यहाँ पुगिसकेको छ ।’
यस्तै सुर्खेत– दैलेख खण्डमा रहेको अवरोध अहिले खुलाइसकिएको छ । यसैगरी सुर्खेत–जाजरकोट सडकका केही ठाउँमा रहेको अवरोध पनि खुलाउने काम भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
-
बिहानै पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
-
पीयूष चावलाद्वारा व्यावसायिक क्रिकेटबाट संन्यास
-
नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’