पिसाब फेर्ने क्रममा चिप्लिएर भेरी नदीमा एक पुरुष बेपत्ता
सुर्खेत । पिसाब फेर्ने क्रममा चिप्लिएर जाजरकोटका एकजना भेरी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ बर्षीय नरु चन्द रहेका छन् ।
चन्द शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ पैदल जाँदै थिए । छेडागाड नगरपालिका–१३ गारातारास्थित छिन्चु–जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासि चिप्लिएर भेरी नदीमा खसेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनी नदीमा खसेर बेपत्ता भएको उनका छोरा विक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरेका थिए । त्यस पश्चात् उक्त चौकीबाट ११ जनाको प्रहरी टोली खोजी कार्यमा अग्रसर भएको थियो ।
यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बल जाजरकोट बाट ११ जना सशस्त्र प्रहरीको टोली र चन्दननाथ गण जाजरकोट बाट ११ जना नेपाली सेनाको टोली खोज कार्यमा लागिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण