स्याङ्जामा एकसय ५५ सहकारी एकीकरण
वालिङ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
ऐन कार्यान्वयनमा आएसँगै विसं २०७९ चैतसम्म एक सय ५५ सहकारी एकापसमा एकीकरण भई ६५ भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्यालले कास्की, बाग्लुङ, म्याग्दी, नवलपुर, गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा र पर्वतका सहकारी संस्था एकीकरण भएका जनाउँदै मनाङ र मुस्ताङमा बाँकी रहेको बताए ।
उनका अनुसार सबैभन्दा धेरै कास्कीमा ५६, बाग्लुङ र म्याग्दीमा २७, नवलपुरमा १८, गोरखामा आठ, तनहुँमा सात, लमजुङमा पाँच, स्याङ्जामा चार र पर्वतमा तीन सहकारी संस्था एकीकरण भएका हुन् ।
एकीकरण हुनेमा बचत तथा ऋण, बहुउद्देश्यीय, सञ्चार, कृषि, दुग्ध उत्पादक, उपभोक्ता, साना किसान सहकारी रहेका अर्यालले जानकारी दिए । ऐनमा व्यवस्था भएबमोजिम दुई वा सोभन्दा बढी सहकारी संस्था एकापसमा गाभिएर सञ्चालनमा आएका उनको भनाइ थियो । अर्यालका अनुसार एकीकरण गर्दा सम्बन्धित सहकारी संस्थाको कूल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्णय हुनुपर्नेछ भने एकीकरणको सर्त र कार्यविधि खुलाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण