सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने
काठमाडौँ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा स्वतन्त्र र निश्पक्ष उच्चस्तरिय छानबिन समितिको अडानबाट पछि नहट्ने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा विशेष पत्रकार सम्मेलन गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले करिब क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले नै तस्करहरुलाई संरक्षण गरेको आशंका गर्दै आफूहरुले भनेजस्तो उच्चस्तरीय छानबिन आयोग गठनको कुरा सुन्नै नचाहेको बताए ।
पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति वाचन गर्दै गौतमले एमालेले अघि सारेको माग पुरा नभएसम्म दबाबका कार्यक्रम जारी नै राख्ने एमाले निर्णय कायम रहेको बताए । ‘सरकार समितिको नाम लिन नै नचाहेर अनावश्यक अडान लिइरहेको छ । माग पुरा नभएसम्म दवावका कार्यक्रम चलाउने कुरा यथावत छ’, गौतमको भनाइ छ ।
उनले सत्ता संरक्षित र सुनियोजित ढंगले भएको सुन तस्करी प्रकरणका घटना बारम्बार दोहोरिएकाले गहिराइमा पुगेर अनुसन्धान हुनुपर्ने एमालेको माग दोहोर्याए । ‘गृह र अर्थ मन्त्रालय समेत जोडिएको यो विषय र नौ किलो अर्को सुन तस्करी प्रकरणमा सत्तारुढ पार्टीका नेता र परिवारसँग सामान्य सोधपुछ पनि नगर्नुले पनि यो बिषयमा सरकार जोडिएको आशंकालाई बल पुगेको छ’, एमालेको भनाइ छ ।
‘सत्यतथ्यको गहिराइमा आवस्यक नीतिगत कानुनी स्वतन्त्र, निश्पक्ष र न्यायीक छानबिन समिति गठन हुनुपर्छ’, एमालेले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण