महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौँ । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले पर्साको विरगन्जमा रहेको मंगलम डाइग्लोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १०%, छुट दिने सम्झौता भएको छ ।
यसैगरी बाराको सिमरामा अवस्थित होटल क्विक–२० एण्ड रिभर साइडका सेवाहरुमा अधिकतम १०%, मकवानपुरको हेटौँडामा अवस्थित रेगाल हेटौँडा रिसोर्टका सेवाहरुमा अधिकतम १५%, कैलालीको धनगढीमा अवस्थित निसर्ग हस्पिटलका सेवाहरुमा अधिकतम २०%, हेटौँकै विशुद्ध मोमोचाका सेवाहरुमा १०% र चितवनको भरतपुरमा अवस्थित कविलाु रिसोर्ट एण्ड फनपार्कका सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण