सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको विकल्पै छैन : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाएर छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने निर्णय बैठकले गर्नुपर्ने बताए । सांसद पौडेलले सरकारका उच्च अधिकारीहरूको संलग्नताबिना एयरपोर्टबाट सय केजी सुन तस्करी गर्ने कल्पनासम्म पनि गर्न नसक्ने बताए ।
‘एयरपोर्टबाट सय किलो सुन ल्याउँदा अध्यागमन र सुरक्षा निकायको मिलेमतो नभएको कुरा कसैले पत्याउँदैन । यो उच्चस्तरकै संलग्नता नभएको हो भनेर यसै भन्न सकिँदैन,’ उनले भने । सुन प्रकरणको तीन हप्ता बितिसक्दा पनि छानबिन नभएको उनको भनाइ छ । ‘यही विषयले संसद् अवरुद्ध छ । त्यसकारण हामीले आजै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धानका लागि बाटो खुला गर्नुपर्छ, यसको कुनै विकल्पै छैन ।’
सुन प्रकरणसँगै अहिलेसम्मका सबै चर्चित भ्रष्टाचारका काण्डहरूको छानबिन हुनुपर्ने उनले बताए । कांग्रेसले संसद्लाई सञ्चालन गर्न नेतृत्व गर्नुपर्ने पौडेलको भनाइ छ । उनले संविधान कार्यान्वयनमा ल्याउन १५० वटा कानुन बनाउन आवश्यक रहेको भन्दै अहिले संसद्को प्रमुख दलको हिसाबले संसद खुलाउन कांग्रेसले अगुवाइ गर्नुपर्ने बताए ।
‘हामी सत्तारुढ दलका सांसदहरू भएकै कारण सरकारले कति बेला के ल्याउँछ र ताली पड्काउने भनेर पर्खिरहनु ठीक होइन,’ उनले भने, ‘हामीले सरकारलाई औंला ठड्याउन पनि सक्नुपर्छ ।’ उनले कांग्रेसका मन्त्रीहरूले पनि सरकारमा गएर कुनै उल्लेखनीय सुरूआत गर्न नसकेको पौडेलको आरोप छ।
‘तपाईंहरू सरकारमा गएको यत्तिका समय भयो । तर अहिलेसम्म सरकार नै नभएको जस्तो अवस्था छ । कमसेकम सरकार छ भन्ने अनुभूति हुने एक दुईवटा भएपनि योजना ल्याइदिनुस्, कार्यक्रम ल्याइदिनुस्,’ उनले भने । पार्टीको घोषणापत्रको कार्यान्वयन गर्न मन्त्रीलाई पौडेलको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण