निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवर्द्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन् । भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भएपनि कार्यान्वयनमा नआएको समेत बताए । उनले विश्वका अन्य मुलुकहरुमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको समेत बताए । सोहीकारण, नेपालको भन्सार प्रक्रियालाई समेत पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ ।
‘विश्वका २३ वटा मुलुकमा निर्यात कागजात तयार गर्दा १ घण्टा, १६ मुलुकमा निर्यातमा भन्सार जाँच पास गर्दा १ घण्टा लाग्छ,’ ढकालले भने, ‘१७ देशमा निर्यातका लागि कागजात तयार गर्दा शून्य लागत र १६ देशमा निर्यातका लागि सीमा क्षेत्र पार गर्दा लाग्ने लागत शून्य छ ।’
भुटानमा समेत आयात र निर्यातमा सम्मान समय लाग्ने भएपनि नेपालमा निर्यातको कागजात तयार पार्दा ११ घण्टा लाग्ने गरेको उनको भनाई छ ।
अध्यक्ष ढकालले वैदेशिक व्यापारमा एकलद्वार प्रणाली लागू गर्न, न्यूनतम पनि ९८ प्रतिशत वस्तुहरुको परीक्षण भन्सार विन्दुमा हुने व्यवस्था गर्न, एक्सरे मेशिन जस्ता न्यूनतम् प्रविधिको प्रयोग गरि भन्सार जाँचपास प्रक्रिया सरल बनाउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण