सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाऔँ : सांसद पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन् ।
आइतबार पार्टी संसदीय दलको बैठक स्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका हुन् । उनले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताए । उनले सुन तस्करी प्रकरणको मात्रै नभई अन्य चर्चित घटनाहरुको पनि छानबिन हुनुपर्ने बताए ।
सांसद पौडेलले विमानस्थलको सुरक्षा संयन्त्र र अध्यागमन प्रशासनको सेटिङ बिना सुन नेपाल छिर्न नसक्ने भन्दै छानबिनमा ढिलाइ भइरहेको बताए । उनले छानबिनमा उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि शंका गर्नुपर्ने स्थिति बनेको पनि बताए ।
सांसद पौडेलले कांग्रेस संसदीय दलको बैठकले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नमानेमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए । उनले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरुमाथि अनुसन्धान नगर्ने कुराले थप शंका उब्जिएको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान चलाएका छाँै साथ दिनुस् भन्ने तर आफ्नै पार्टीसँग जोडिएका नेताहरुको नाम आउँदा अनुसन्धान नगर्ने कुराले जनताले विश्वास गुमाएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले आफ्ना बाहेकका पार्टीका नेताहरुमाथि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढाएको जस्तो देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण