शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाऔँ : सांसद पौडेल

आइतबार, २८ साउन २०८०, १९ : ३६
आइतबार, २८ साउन २०८०

 काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन् ।  

आइतबार पार्टी संसदीय दलको बैठक स्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका हुन् । उनले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताए । उनले सुन तस्करी प्रकरणको मात्रै नभई अन्य चर्चित घटनाहरुको पनि छानबिन हुनुपर्ने बताए । 

सांसद पौडेलले विमानस्थलको सुरक्षा संयन्त्र र अध्यागमन प्रशासनको सेटिङ बिना सुन नेपाल छिर्न नसक्ने भन्दै छानबिनमा ढिलाइ भइरहेको बताए । उनले छानबिनमा उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि शंका गर्नुपर्ने स्थिति बनेको पनि बताए ।

सांसद पौडेलले कांग्रेस संसदीय दलको बैठकले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नमानेमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए । उनले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरुमाथि अनुसन्धान नगर्ने कुराले थप शंका उब्जिएको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान चलाएका छाँै साथ दिनुस् भन्ने तर आफ्नै पार्टीसँग जोडिएका नेताहरुको नाम आउँदा अनुसन्धान नगर्ने कुराले जनताले विश्वास गुमाएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले आफ्ना बाहेकका पार्टीका नेताहरुमाथि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढाएको जस्तो देखिएको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप