उत्कृष्ट अभिनेता बने अनमोल केसी
अमेरिका । न्यूयोर्कमा सम्पन्न छैटौँ ग्लोबल नेपाली फिल्म अवार्डमा सर्वोत्कृष्ट डायस्पोरा चलचित्रको पुरस्कार लक्का जवानले जितेको छ ।
शनिबार क्विन्सको मेलरोज बलरुममा सम्पन्न समारोहमा विभिन्न विधा अन्तर्गत चलचित्र तथा कलाकर्मी मध्ये सर्वोत्कृष्टलाई पुरस्कार वितरण गरिएको हो ।
चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिएको हो ।
अमेरिकाको विभिन्न राज्यहरु कोलोराडो, क्यालिफोर्निया राज्यहरूमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने छैठो संस्करण २०२३ मा न्यूयोर्क राज्यमा भव्य कार्यक्रमबीच समापन भएको छ ।
न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो भने गर्ने यसका प्रमुख शैलेश श्रेष्ठ हुन् ।
त्यस्तै यस पटकको पुरस्कार समारोहमा सर्वोत्कृष्ट अभिनेतातर्फको पुरस्कार अनमोल केसीले जितेका छन् ।
सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार स्वस्तिमा खड्काले जितेकी छिन् । तर उनी समारोहमा भने अनुपस्थित थिइन् ।
यसैगरी चरित्र अभिनेता पुरुषतर्फ वरिष्ठ कलाकार सुनिल थापा तथा चरित्र अभिनेत्रीको पुरस्कार प्रियङ्का कार्कीलाई प्रदान गरिएको छ ।
चलचित्र दीर्घ साधना सम्मान ४० वर्षसम्म चलचित्र उद्योगमा योगदान गरे बापत शिव श्रेष्ठलाई प्रदान गरिएको छ ।
वर्षकी उत्कृष्ट गायिकामा प्रविशा अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ भने उत्कृष्ट नृत्य निर्देशकको पुरस्कार शिव बिकलाई प्रदान गरिएको छ ।
यस्तै अभिनेता सरोज खनाललाई चलचित्र सिद्धि पुरस्कार प्रदान गरिएको छ । सुवास बि थापालाई डायसपोरा अभिनेताको पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट निर्देशकमा सन्तोष सेनलाई प्रदान गरिएको छ भने प्रेमगीत (३ ले उत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ ।
यसैगरी विभिन्न कलाकर्मीहरू मध्ये अनिल पाण्डे, सन्तोष रामदन, केदार उप्रेती, बिक्रान्त बस्नेत लगायतलाई समेत सम्मान गरिएको थियो ।
चलचित्र क्षेत्रलाई महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई पनि सम्मान गरिएको समारोहमा मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा द्वितीय उपविजेता इशा सुवेदीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण