धनगढी–डडेलधुरा राजमार्ग आंशिक सञ्चालन
कैलाली । पहिरोले गत सोमबार रातिदेखि अवरुद्ध बनेको धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडकखण्ड आंशिकरूपमा सञ्चालनमा आएको छ ।
निरन्तरको वर्षासँगै गएको पहिरो पन्छाई सडकखण्ड आंशिकरूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
कार्यालयका इन्जिनियर हरिप्रसाद सुवेदीले भने, “वर्षा नरोकिएका कारण पहिरो आउँदै गर्छ, त्यसलाई पन्छाउँदै गर्छौं, पहिरो पन्छाएको बेला खाली गाडी गन्तव्यतर्फ पठाइरहेका र्छौं ।” वर्षा नरोकिँदा लेदोमाटोसहित पहिरो खस्ने क्रम पूर्णरूपमा नरोकिएको बताइएको छ ।
आंशिकरूपमा सडक सञ्चालनमा आएसँगै खाली गाडी चल्न थालेका भए पनि मालवाहक गाडी अझै चल्न सकेका छैनन् । मालवाहक गाडी अझै बीचबाटोमै रोकिएका छन् । उक्त खण्डमा दुईतर्फी यातायात सञ्चालन गर्न अहिलेनै सम्भव नदेखिएको सुवेदीले बताए ।
उक्त खण्डमा पहिरो गएसँगै ठाउँठाउँमा सडक भासिँदा गत सोमबार रातिदेखि आवागमन अवरुद्ध बनेको थियो । सडकखण्डको झन्डै चार सय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको थियो भने एक सय मिटर लामो भागमा सडक भासिएको थियो ।
पहिरो खस्दा नजिकैका सात/आठ घरपरिवार रहेको बस्ती पनि जोखिममा परेको छ । सडक डिभिजन कार्यालयले तीन स्काभेटर र दुई लोडर प्रयोग गरी पहिरो पन्छाउने काम जारी राखेको छ । यो राजमार्गले सुदूरपश्चिम प्रदेशका पहाड र तराईका सबै जिल्लालाई सडक सञ्जालले जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण