पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध
पर्वत । छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।
पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा सडक माथिबाट ठूला ढुङ्गा र लेदोसहित खसेको पहिरोले आज दिउँसो ३ बजेदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सडक खुलाउनका लागि जेसीभी र सुरक्षाकर्मी तयारी अवस्थामै रहे पनि वर्षा नरोकिएको र पहिरो खस्ने क्रम निरन्तर चलिरहेकाले तत्काल खुलाउन समस्या भइरहेको छ । वर्षा रोकिएपछि खुलाउन पहल गरिने प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङदेखि छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोक र अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन लस्तीबजारमा अलपत्र बनेका छन् । प्रहरीले उक्त बाटो सञ्चालन नहुने बेलासम्म छिमेकी बागलुङ जिल्लातर्फको सडक प्रयोग गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ ।
यसैबीच निरन्तरको वर्षाले सबैभन्दा पहिलो नेपालकै अग्लो र लामो पुल नजिकै भासिएको छ । पर्वतको कुश्मा बजार र कटुवाचौपारी जोड्ने कुश्मा–ज्ञादी झोलुङ्गे पुलको कुश्मातर्फको भागमा भासिएको हो । पुलको फाउण्डेसन नजिकै भासिएपछि पुल जोखिममा परेको छ । वर्षा नरोकिएकाले तत्काल उक्त क्षेत्रको संरक्षणमा समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण