दोलखामा पहिरोमा परेर यो साता ३ जनाको मृत्यु, चार बेपत्ता
दोलखा । दोलखाका विभिन्न स्थानमा गरी अविरल वर्षाका कारण पहिरोमा परी यो साता मात्रै तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार जना अझै बेपत्ता छन् ।
अविरल वर्षापछि आज दिउँसो आएको भेलले बगाउँदा दोलखाको बिगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएका छन् ।
आज बिहान घरबाट झन्डै एक घन्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३५ वर्षीय निमदोर्जे शेर्पा र उनको छोरा अन्दाजी १२ वर्षीय पासाङ शेर्पालाई वर्षासँगै आएको भेलले बगाउँदा बेपत्ता भएको वडाध्यक्ष दलबहादुर श्रेष्ठले बताए ।
आइतबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मूलखोलामा पुर्याएकाले बेपत्ता भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
शेर्पा बाबुछोरालाई बगाएको खबर पाउनेबित्तिकै गाउँलेले खोजी सुरु गरेको भएपनि अविरल वर्षाकै कारण भेट्न समस्या भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता बाबुछोराको घरमा अहिले बूढी आमैमात्र रहेको स्थानीयवासीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले शेर्पा बाबुछोरालाई वर्षासँगै आएको भेलले बगाएको खबर प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको बताए ।
अविरल वर्षा जारी रहेकाले खोजीकार्य प्रभावित भएको प्रहरीको भनाइ छ । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मङ्गबार तामाकोशी नदीमा तीतेमाछा टिप्न गएको बिगुगापा–२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो ।
गत बिहीबार गौरीशङ्कर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरामा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको छ भने टोपाटारकै पहिरामा परि अझै दुुई बेपत्ता छन् । बेपत्ता हुने टोपाटरकै ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण