साहको शपथ आज
सोमबार, २९ साउन २०८०, ०६ : ०१
काठमाडौँ । जनमत पार्टीकी सांसद् अनितादेवी साहलाई सोमबार बिहान शपथ गराउने तयारी गरिएको छ । साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मोदीलाई फिर्ता बोलाएपछि साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
साहलाई सोमबार बिहान १० बजे शपथ गराउने कार्यक्रम रहेको शर्माले जानकारी दिइन् । जनमतले एक महिनाअघि नै प्रधानमन्त्रीलाई मन्त्री बनाउन नाम पठाए पनि आइतबार मात्र यसबारे निर्णय गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण