आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ

सोमबार, २९ साउन २०८०, १० : २८
सोमबार, २९ साउन २०८०

काठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभाका अध्यक्षसहित सरकारका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । माओवादी केन्द्रले अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतबाट अनितादेवी साहलाई मन्त्री बनाएको हो । 

यससँगै सरकारबाट एक पटक बाहिरिएको जनमतको पुनः इन्ट्री भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप