समाचार
अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ
सोमबार, २९ साउन २०८०, १० : २८
काठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभाका अध्यक्षसहित सरकारका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । माओवादी केन्द्रले अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतबाट अनितादेवी साहलाई मन्त्री बनाएको हो ।
यससँगै सरकारबाट एक पटक बाहिरिएको जनमतको पुनः इन्ट्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण