२४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक
सोमबार, २९ साउन २०८०, १० : ४४
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिलको कूल २४ अर्ब रुपैयाँ नवीकरण गर्ने भएको हो ।
पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार सोमबार बोलकबोल हुने ट्रेजरीका लागि आज दिउँसो ३ बजेभित्र आवेदन दिन सकिनेछ ।
ट्रेजरीको बिक्री भने भोलि अर्थात साउन ३० गते मंगलबार हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन २२ गते २६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण