सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

सोमबार, २९ साउन २०८०, १० : ४४
सोमबार, २९ साउन २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिलको कूल २४ अर्ब रुपैयाँ नवीकरण गर्ने भएको हो । 
पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार सोमबार बोलकबोल हुने ट्रेजरीका लागि आज दिउँसो ३ बजेभित्र आवेदन दिन सकिनेछ । 

ट्रेजरीको बिक्री भने भोलि अर्थात साउन ३० गते मंगलबार हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन २२ गते २६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप