मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध

सोमबार, २९ साउन २०८०, १० : ४७
सोमबार, २९ साउन २०८०

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

 तिनाउ गाउँपालिका-३ स्थित तिस माइलमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीका सई कमल थापाले जानकारी दिए ।

पहिरोसँगै रुख ढलेर सडकमा खसेको हुँदा पहिरो पन्छाउन समय लाग्ने थापाले बताए । राजमार्ग अवरुद्ध भएपछि सयौँको सङ्ख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौँ यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालय पाल्पाको एउटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप