सीआईबीले टक्सार महाशाखालाई पठायो सुन जोख्ने पत्र
काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन जोख्ने पत्र पठाएको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले सीआईबीबाट पत्र आएको रातोपाटीलाई जानकारी दिएका हुन् ।
यससँगै, २७ दिन अघि सिनामङ्गलबाट समातिएको सुनको परिमाण जोख्ने प्रक्रिया अघि बढेको हो । आचार्यले सीआईबीबाट पत्र आएपछि प्रक्रिया अघि बढ्ने क्रममा रहे पनि राजश्व अनुसन्धान विभागको पत्रको पखाईमा रहेको जानकारी दिए ।
उनले सीआईबीबाट पत्र आएपनि राजश्वबाट समेत आउनुपर्ने रातोपाटीलाई बताए । त्यसपछि १०० किलो परिमाणमा रहेको भनिएको सुनको आधिकारिक परिमाण पत्ता लाग्नेछ ।
तर, यसका लागि एक हप्तासम्मको समय लाग्न सक्ने महाशाखाले जनाएको छ । आजदेखि सुन जोख्ने र गाल्ने प्रक्रिया अघि बढेमा आगामी २ दिनसम्म सुन गाल्नै लाग्ने र त्यसपछिको समय सुन जोख्न लाग्ने महाशाखाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण