शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ

सोमबार, २९ साउन २०८०, १२ : ०७
सोमबार, २९ साउन २०८०

ललितपुर । बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ परेका छन् । 

ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक हुम्ला सिमिकोट गाउँपालिका-६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो । 

दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरुपयोग गरेको आरोप छ । बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । 

बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ । सिंहउपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप