कांग्रेसले भन्यो– सुन तस्करी प्रकरणको छानबिन राज्यकै निकायबाट हुन्छ
काठमाडौँ । नेपाली कांग्रेसले सुन तस्करीको छानबिन सरकारका निकायले गर्ने बताएको छ । कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले भने– ‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ ।
सुन तस्करी प्रकरणमा जुन सुकै व्यक्ति संलग्न भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
यसअघि बैठकमा बोल्दै सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका थिए ।
देउवाले तस्करी रोक्न भए पनि कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताए। ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ थियो । उनले नेताहरूको आलोचना गर्न पाइने पनि बताए। तर उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण