प्रशिक्षणमा फर्किए एम्बाप्पे, करार नवीकरण गर्न सक्ने
काठमाडौँ । पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियान एम्बाप्पे टोलीसँग प्रशिक्षणमा फर्किएका छन् । योसँगै उनी यो सिजन क्लबमा नै रहने अनुमान गरिएको छ । २४ वर्षीय फ्रान्सका फरवार्डले सिनियर टोलीसँग प्रशिक्षण गरिरहेका थिएनन् भने शनिबार लोरिएन्टविरुद्धको खेलमा उनलाई टोलीमा समावेश गरिएको थिएन । उनी र हालै बार्सिलोनाबाट पीएसजी आइपुगेका ओसमान डेम्बेलेले स्ट्यान्डबाट नै खेल हेरेका थिए ।
रियल मड्रिड जाने सोच बनाएका एम्बाप्पे र क्लबबीच करारको विषयमा विवाद रहँदै आएको थियो । तर, अब भने उनले करार नविकरण गर्न सक्ने बताइएको छ । ‘सकारात्मक’ छलफलपछि एम्बाप्पेलाई पुनः टोलीमा समावेश गरिएको पीएसजीले जनाएको छ । पीएसजीसँग एम्बाप्पेको एक वर्षको करार बाँकी छ । तर, अहिलेसम्म उनले करार नविकरण गर्न अस्वीकार गर्दै आइरहेका थिए । यसबाट रुष्ट बनेको पीएसजीले उनलाई बेच्ने तयारी गरेको थियो ।
गत महिना साउदी अरबको टोली अल–हिलालले विश्व कीर्तिमानी २५.९ करोड करोड पाउन्डको प्रस्ताव ल्याएपछि क्लबले उनीसँग कुरा गर्न लागि हिलाललाई अनुमति दिएको थियो । पीएसजीका अध्यक्ष नासेल अल–खेलाफीले स्ट्राइकरलाई सित्तैमा कुनै पनि हालतमा जान नदिने बताउँदै आएका छन् । पछिल्लो १२ घण्टाको छलफलपछि एम्बाप्पेले एक वर्षको करार थप गर्ने र अर्को वर्ष उनी रियल जाने अनौपचारिक सम्झौता भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण