एसिया कप खेल्न रोहितको कप्तानीमा १७ सदस्यीय टोली घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघले एसिया कप क्रिकेट प्रतियोगिताको लागि सोमबार राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।
घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।
एसिया कप क्रिकेटका १६ औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित ६ वटा राष्ट्र सहभागी छन् । एसियाका टेस्ट खेल्ने राष्ट्रहरु पनि एसिया कपमा सहभागी छन् ।
नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा दुई बलिया टोली भारत र पाकिस्तान पनि छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान परेका छन् । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र पाकिस्तानबीच हुनेछ । उक्त खेल मुल्तानमा खेलिने छ ।
यसैगरी नेपालले दोस्रो खेल सेप्टेम्बर ४ तारिखमा श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ । नेपलले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण