बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा उत्पादन भएको गोलभेँडा  भारतमा  निर्यात हुन थाल्यो

सोमबार, २९ साउन २०८०, २२ : ३३
सोमबार, २९ साउन २०८०

काठमाडौँ । कृषि मन्त्रालयले  नेपालमा उत्पादन भएको गोलभेँडा  भारतमा  निर्यात हुन थालेको जनाएको छ । साउन २८ गते सम्ममा काँकडभित्ता  र भैरहवा नाकाबाट गरी करिब  ३०  मेट्रिक टन गोलभेँडा निर्यात भएको छ ।

गोलभेँडा, हरियो मटरकोसा, हरियो खुर्सानीलगायत तरकारी बालीलाई भारतको प्लान्ट क्वारेन्टाइन अर्डर  सूचीमा समावेश गरी निकासलाई सहजीकरण गर्न नेपालबाट पटक पटक अनुरोध गर्दै आएको थियो । 

भारतले सर्तसहित निश्चित समयलाई आयात खुला गरेको भन्ने जानकारीअनुसार भारत निकासी हुन सुरु भएको मन्त्रालयले जनाएको छ ।  यसलाई निरन्तरता दिन थप पहल हुन सकेमा व्यापार घाटा कम हुने तथा बजार विस्तार भई कृषकले समेत राम्रो मूल्य पाउने सम्भावना रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप