बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता
सोमबार, २९ साउन २०८०, २३ : ११
बाजुरा । जिल्लाको स्वामी कात्तिक गाउँपालिका–१ मा पर्ने रुडी खोलाले बगाउँदा आज एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बेपत्ता हुनेमा सोही गाउँपालिका–१ मुिक्तकोटकी ६५ वर्षीया गुवा विक रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्रसिं कठायतले जानकारी दिए । उनका अनुसार कोल्टीबाट घर फर्किने क्रममा रुडी खोला तर्ने क्रममा बगाएर उनी बेपत्ता भएकी हुन् ।
खोलाले बगाएर बेपत्ता भएको जानकारी हुनासाथ जुड्डी प्रहरी चौकी र मुक्तिकोट अस्थायी प्रहरी पोष्टको टोली खटिई खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कठायतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण