बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता

सोमबार, २९ साउन २०८०, २३ : ११
सोमबार, २९ साउन २०८०

बाजुरा ।  जिल्लाको स्वामी कात्तिक गाउँपालिका–१ मा पर्ने रुडी खोलाले बगाउँदा आज एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बेपत्ता हुनेमा सोही गाउँपालिका–१ मुिक्तकोटकी ६५ वर्षीया गुवा विक रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्रसिं कठायतले जानकारी दिए । उनका अनुसार कोल्टीबाट घर फर्किने क्रममा रुडी खोला तर्ने क्रममा बगाएर उनी बेपत्ता भएकी हुन् ।

खोलाले बगाएर बेपत्ता भएको जानकारी हुनासाथ जुड्डी प्रहरी चौकी र मुक्तिकोट अस्थायी प्रहरी पोष्टको टोली खटिई खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कठायतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप