अवैध काठसहित २ युवक प्रहरी नियन्त्रणमा
मङ्गलबार, ३० साउन २०८०, ०७ : ३४
झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ शान्तिनगर स्थित ज्यामिरे सामुदायिक वनबाट काठ चोरी निकासी गरेको आरोपमा प्रहरीले ट्र्याक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले मे.१ त.६५३८ न.को ट्र्याक्टरमा सखुवा जातको गोलिया काठ १६ थान ५८.२२ क्यु फिट लोड भएको अवस्थामा फेला परेकोले नियन्त्रणमा लिएको हो ।
ट्र्याक्टर चालक जिल्ला झापा बुद्धशान्ति गाउँपालिका–४ बस्ने २४ वर्षीय सविन विश्वकर्मा र सोही ट्र्याक्टरमा सवार ३६ वर्षीय धनाहाङ लिम्बू लाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि डिभिजन वन कार्यालय भद्रपुर झापामा बुझाइएको सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण