प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरिएको छ । प्र्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो । काठमाडौँस्थित प्रहरी प्रभाग बूढानीलकण्ठ र फर्पिङको इन्चार्ज पनि परिवर्तन भएका छन् ।
प्रहरी प्रभाग बूढानीलकण्ठमा योगराज खतिवडा र इलाका प्रहरी कार्यालय फर्पिङमा ज्ञानमन्जरी शर्मालाई सरुवा गरिएको छ । प्रहरी प्रभाग कपनमा नवराज सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा जनार्दन घिमिरे र इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीमा अनिल पण्डितलाई सरुवा गरिएको छ ।
सरुवा सूची अनुसार अनिश भण्डारी जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु, अशोक मल्ल इलाका प्रहरी कार्यालय खजुरा, आशिष् अधिकारी इलाका प्रहरी कार्यालय सुनवल पश्चिम नवलपरासी र उज्ज्वल बहादुर सिंह इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भएका छन् ।
किरण प्रकाश मल्ललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र चन्द्र किशोर शाहलाई इलाका प्रहरी कार्यालय यदुकुवा धनुषामा सरुवा गरिएको छ । नवराज न्यौपाने जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापामा सरुवा भएका छन् ।
इलाका प्रहरी कार्यालय टोकपुर रामेछापमा मणिराम थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा बजिर सिंह विष्ट र इलाका प्रहरी कार्यालय लेटाङमा भिमलाल वलीलाई सरुवा गरिएको छ । मोहन विक्रम केसी इलाका प्रहरी कार्यालय पोखरीया पर्सामा सरुवा भएका छन् । प्रहरी प्रभाग सानेपामा कार्यरत सचिता थापा मगरलाई इलाका प्रहरी कार्यालय भिमफेदीमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण