७१ नेपाली विद्यार्थीलाई चीनमा छात्रवृत्ति
काठमाडौँ । सन् २०२३/२४ को शैक्षिक सत्रमा चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गर्नका लागि चिनियाँ सरकारले ७१ जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेपाली विद्यार्थीहरूले चीनमा बस्दा र अध्ययन गर्दाको आफ्नो अनुभव सुनाएका थिए ।
सक्षम श्रेष्ठले उहानमा रहेको हाउझोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भर्ना भएर सफ्टवेयर इन्जिनियरिङ पढ्नका लागि उत्साहित रहेको बताए । ‘यसले अवसरको ढोका खोल्नेछ,’ उनले भने ।
कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाली विद्यार्थीले विज्ञान र प्रविधिको क्षेत्रमा चीनले गरेको विकासबाट शिक्षा लिन सक्ने बताए । ‘तपाईँहरूको सफलता देशको सफलतासँग जोडिएको छ,’ मन्त्री राईले भने ।
त्यस्तै, राजदूत सङले नेपाली विद्यार्थीहरूलाई नेपाल–चीन मित्रताको ‘साक्षी, लाभार्थी, निर्माणकर्ता र सञ्चारकर्मी’ को संज्ञा दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण