ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म घाटाको व्यवहार चलाइरहन्छ : खतिवडा
काठमाडौँ । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म कोहीसँग मिल्न नसक्ने बताएका छन् ।
ओलीको सर्वसत्तावाद शैलीले व्यवहारमा संगठन सञ्चालन र राजनीतिलाई समेत कुरूप बनाएको उनको आरोप छ । ओलीले राजनीतिमा आधारभूत व्यवहार छोडेकाले सच्चिएर राजनीति लिगमा नआएसम्म एमालेसँग पार्टी एकता नहुने उनको जिकिर छ ।
‘ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म घाटाको व्यापार चलाइरहन्छ । उहाँको चरित्र कुनै पार्टीसँग मिल्न सक्ने देखिँदैन’, रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘ओलीको सर्वसत्तावाद शैलीले व्यवहार र राजनीतिलाई कुरूप बनाएको छ । राजनीतिमा आधारभूत व्यवहार नसच्चिएसम्म एमालेसँग पार्टी एकता सम्भव छैन ।’
यसैगरी केही नेता तथा कार्यकर्ता पार्टीबाट बाहिरिएर पार्टीलाई कुनै असर नपर्ने उनले बताए । तीन करोड नागरिकमा २६/२७ लाख सदस्य बनाउन एकीकृत समाजवादीलाई समस्या नहुने उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण