सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म घाटाको व्यवहार चलाइरहन्छ : खतिवडा

मङ्गलबार, ३० साउन २०८०, १६ : १८
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म कोहीसँग मिल्न नसक्ने बताएका छन् । 

ओलीको सर्वसत्तावाद शैलीले व्यवहारमा संगठन सञ्चालन र राजनीतिलाई समेत  कुरूप बनाएको उनको आरोप छ । ओलीले राजनीतिमा आधारभूत व्यवहार छोडेकाले सच्चिएर राजनीति लिगमा नआएसम्म एमालेसँग पार्टी एकता नहुने उनको जिकिर छ । 

‘ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म घाटाको व्यापार चलाइरहन्छ ।  उहाँको चरित्र कुनै पार्टीसँग मिल्न सक्ने देखिँदैन’, रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘ओलीको सर्वसत्तावाद शैलीले व्यवहार र राजनीतिलाई कुरूप बनाएको छ । राजनीतिमा आधारभूत व्यवहार नसच्चिएसम्म एमालेसँग पार्टी एकता सम्भव छैन ।’ 

यसैगरी केही नेता तथा कार्यकर्ता पार्टीबाट बाहिरिएर पार्टीलाई कुनै असर नपर्ने उनले बताए । तीन करोड नागरिकमा २६/२७ लाख सदस्य बनाउन एकीकृत समाजवादीलाई समस्या नहुने उनको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप