सांसद सुनिल शर्मालाई कारबाहीको माग गर्दै अखिल (क्रान्तिकारी)को प्रदर्शन
मङ्गलबार, ३० साउन २०८०, १९ : ५३
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई कारबाहीको माग गर्दै अखिल (क्रान्तिकारी)ले काठमाडौँमा प्रदर्शन गरेको छ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का पवन कार्कीले सो प्रदर्शनको नेतृत्व गरेका थिए ।
प्रदर्शनकारीले शर्मालाई ‘नक्कली सर्टिफिकेटधारी’को आरोप लगाउँदै कारबाहीका माग गरेका छन् । प्रदर्शनको क्रममा उनीहरूले शर्मालाई ‘मेडिकल माफिया’ भन्दै नाराबाजी गरेका हुन् । प्रमाणपत्र छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेपनि शर्मालाई अदालतले थुनामुक्त गर्न आदेश गरेपछि उनी रिहा भएका छन् ।
हिरासतबाट छुटेपछि शर्माले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे । अखिल क्रान्तिकारीमा पवन कार्कीले असन्तुष्ट समूहको नेतृत्व गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण