बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सांसद सुनिल शर्मालाई कारबाहीको माग गर्दै अखिल (क्रान्तिकारी)को प्रदर्शन

मङ्गलबार, ३० साउन २०८०, १९ : ५३
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई कारबाहीको माग गर्दै अखिल (क्रान्तिकारी)ले काठमाडौँमा प्रदर्शन गरेको छ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का पवन कार्कीले सो प्रदर्शनको नेतृत्व गरेका थिए । 

प्रदर्शनकारीले शर्मालाई ‘नक्कली सर्टिफिकेटधारी’को आरोप लगाउँदै कारबाहीका माग गरेका छन् । प्रदर्शनको क्रममा उनीहरूले शर्मालाई ‘मेडिकल माफिया’ भन्दै नाराबाजी गरेका हुन् । प्रमाणपत्र छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेपनि शर्मालाई अदालतले थुनामुक्त गर्न आदेश गरेपछि उनी रिहा भएका छन् । 

हिरासतबाट छुटेपछि शर्माले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे । अखिल क्रान्तिकारीमा पवन कार्कीले असन्तुष्ट समूहको नेतृत्व गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप